४ आश्विन २०८०, बिहिबार | Thu Sep 21 2023


बनेपाको पुलबजार डुबानमा


0
Shares

बनेपा, असार २८ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण बनेपाको पुलबजार डुबानमा परेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपाको पुण्यमाता खोलामा आएको बाढीका कारण पुलबजार डुबानमा परेको हो । यसबाट अरनिको राजमार्ग करीब तीन घण्टादेखि ठप्प छ ।

बाढीका कारण खोला छेउछाउका बजार क्षेत्रका घर, पसल र टहरा डुबानमा परेको शाहले बताए । मानवीय क्षति नभए पनि खोला बढेका कारण यातायातको कुनै पनि साधन चल्न नसकेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार वर्षाका कारण बिपी राजमार्गका तीन चार ठाउँमा सडक अवरुद्ध भएको छ । सडकका ठाउँ–ठाउँ भासिने र माथिबाट झरेको ढिस्काबाट सडक पुरिएका कारण काभ्रेभञ्ज्याङ, मंगलटारलगायत ठाउँमा सडक अवरुद्ध रहेको उनले बताए । (रासस)