२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024


काठमाडौं उपत्यकामा दिउँसो टिपर चलाउन रोक


0
Shares

काठमाडौं, असार २७ । काठमाडौं उपत्यकाका तीन जिल्लामा दिउँसो टिपर चलाउन नदिन गृह मन्त्रालयले निर्देशन दिएको छ ।

टिपरका कारण सवारी दुर्घटनामा ज्यान जानेक्रम बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसोको समयमा टिपरमाथि बन्देज लगाउन निर्देशन दिएको हो ।

काठमाडौं उपत्यकामा आगामी साउन १ गतेदेखि राति ८ बजेबाट बिहान ५ बजेसम्ममात्रै टिपर सन्चालन गर्न पाइने गृह मन्त्रालयले जनाएको छ ।

उपत्यकामा पछिल्लो समय टिपरको ठक्करबाट मृत्यु हुनेको संख्या बढ्दो छ ।

असारमामात्रै उपत्यकामा १०८ सडक दुर्घटना भएकामा ४० ओटा टिपरका कारण भएको ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।