१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


अवैध सुन किनबेच गर्दागर्दै नेपाली र भारतीय समातिए


0
Shares

विनोदसिंह विष्ट (इमेज)

बैतडी, असार २७ । बैतडीको नेपाल–भारत सीमानाका झुलाघाटबाट अवैध सुनसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउपर्नेमा भारतको पिथौरागढ जिल्ला झुलाघाटका ४२ वर्षीय जगदीश वर्मा र बैतडीको दशरथचन्द नगरपालिका–४ का २१ वर्षीय विशाल गहतराज रहेका छन् ।

भारतीय नागरिक वर्माको साथबाट २४ हजार ३९० भारतीय रुपैयाँ र ६० ग्राम सुन तथा नेपाली नागरिक गहतराजको साथबाट ३ लाख २७ हजार ९८५ रुपैयाँ र ११ ग्राम ६६४ मिग्रा सुन प्रहरीले बरामद गरेको हो ।

सीमानाका झुलाघाटमा सुन किनबेच गरिरहेको अवस्थामा सीमा प्रहरीचौकीको टोलीले मंगलबार अपराह्न उनीहरुलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

भारतीय व्यापारी वर्माबाट नेपाली व्यापारी गहतराजले सुन किनिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि बुधबार कन्चनपुर भन्सार कार्यालय गड्डाचौकी पठाइएको बैतडीका प्रहरी प्रवक्ता कान्तिराज जोशीले जानकारी दिए ।