म्याग्दी, असार २७ । म्याग्दीको मंगला गाउँपालिकामा शून्य दरबन्दीमा संचालित सामुदायिक विद्यालयलाई गाउँपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ
सरकारबाट आधारभूत र मावि तहमा कुनै पनि कोटा प्राप्त नगरेको विद्यालयका शिक्षकको तलबभत्तामा खर्च गर्ने गरी आगामी आर्थिक वर्ष २०७५÷७६ का लागि २५ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले जानकारी दिए ।
आधारभूत र मावि तहमा सरकारी दरबन्दीको अभावका कारण स्थानीयले चन्दा संकलन, सामुदायिक वनको घाँस दाउरा बिक्री गरेर विद्यालयको खर्च धान्दै आएका थिए ।
गाउँपालिकामा दुईवटा माध्यमिक तह र २ वटा आधारभूत तहका विद्यालयमा सरकारी दरबन्दी शून्य छ ।
शुन्य दरबन्दी रहेका विद्यालयका शिक्षकलाई गाउँपालिकाले ८० प्रतिशत र विद्यालयबाट २० प्रतिशत तलबभत्ताको ब्यवस्था गर्ने गरी कार्यविधि बनाउने तयारी भइरहेको उपाध्यक्ष सिर्जना केसीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्