काठमाडौं, असार २७ । क्रियाशिल पत्रकार मुरारी अधिकारीलाई नेपाल संस्कृत विश्वविद्यालयले नेपाली विषयमा विद्यावारिधि उपाधि प्रदान गरेको छ ।
नीलकण्ठ बहुमुखी क्याम्पसमा उपप्राध्यापक समेत रहेका अधिकारीलाई आदर्श राघव महाकाव्यमा रस प्रयोग शीर्षकमा शोध गरेवापत विद्यावारिधि उपाधि प्रदान गरिएको हो ।
अधिकारी नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा गोरखापत्र दैनिकका धादिङ जिल्ला संवाददाता हुन ।
अधिकारीले प्राध्यापक डा. मोहनप्रसाद तिमल्सिना मातहत रहि शोध गरेका थिए ।
यसअघी धार्दिङकै पत्रकार तथा कवि एवं प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज लम्सालले पनि विद्यावारिधि गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्