
काठमाडौं, असार २० । गायक तथा संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीतले विदेशिएका नेपालीको भाव बोकेकाले धेरैको मन जितेको छ ।
आइतबार सार्वजनिक भएको भिडियोले परदेशिएका नेपालीको प्रतिनिधित्व गरेको छ ।
प्रवास रहर होइन बाध्यता हो र नेपालबाट बाहिरिने हजारौँ नेपाली युवाहरुले विदेशमा गएर पल पल मातृभुमीलाई सम्झिरहनु पर्दाको कारुणीक पलहरुलाई मन छुने शैलीमा तुलाले भिडियोमा समेटेका छन् ।
तुला स्वयम यस भिडियोका निर्देशक समेत हुन् । तुला स्वयमको शब्द शृजना र अभिनय रहेको भिडियोमा उनलाई अभिनयमा कलाकार रक्षा श्रेष्ठले साथ दिएकी छिन् । करिब ५ मिनेट लामो भिडियोको आधा भाग मकाउमा छायांकन गरिएको हो भने आधाभाग नेपालमा नै छायांकन गरिएको हो ।
लामो समयदेखि प्रवासी जिवन बिताइरहेका र संगीत साधनामा संभावना खोजिरहेका तुलाले परदेशमा एउटा छोरोले भोग्ने अकल्पनिय घटना घटिसकेपछि नेपालमा रहेकी जिवन संगीनी र आमासँग टाढिदा आँफुलाई दुखी ठान्छन् ।
उत्सब दाहाल र एन्तोनियोले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् । मोहीत मुनालले एरेन्ज गरेको गीतको मिक्सिङ प्रकाश केसीले गरेका छन् । भिडियोलाई वाइड स्क्रिन मिडियाले बजार ब्यबस्थापन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्