२५ बैशाख २०८२, बिहिबार | Thu May 8 2025


कांग्रेस महामन्त्री शशांकलाई भेन्टिलेटरबाट बाहिर निकालियो


0
Shares

                                                  फाइल फोटो
काठमाडौं, असार २३ । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको छ ।

कोइरालाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको निष्कर्षसहित विहीबार अपराह्न ४ बजे उनलाई भेन्टिलेटरबाट बाहिर निकालिएको उनको पारिवारिक स्रोतले बताएको छ ।

यसअघि, विहीबार दिउँसो पत्रकार सम्मेलन गरी उपचारमा संलग्न ओम अस्पतालका वरिष्ठ चिकित्सक लव नरसिंह जोशीले कोइरालाले मान्छे चिन्ने र बोलाउँदा प्रतिक्रिया जनाउन थालेको बताएका थिए ।

कोइरालालाई दिइएको अक्सिजन र औषधिको मात्रा पनि विहीबार बिहानैदेखि घटाइएको चिकित्सकहरुले बताएका थिए ।

पेट र स्वास–प्रश्वासमा असहज भएको भन्दै कोइराला गत मंगलबार राति ओम अस्पतालमा भर्ना भएका थिए ।

बुधबार बिहान अकस्मात् अचेत बनेका कोइरालालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।