Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


१४औं आरा–रारा फुटबलबाट ३५ लाख बचत


0
Shares

पोखरा, असार २५ । सहारा क्लब पोखराले गत माघ ५ देखि १६ गतेसम्म पोखरा रंगशालामा आयोजना गरेको १४औं आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताबाट ३५ लाख दुई हजार रुपैयाँ बचत गर्न सफल भएको छ ।

शनिबार पोखरामा आय–व्यय सार्वजनिक गर्दै अर्थ संकलन समिति संयोजक प्रकाश शेरचनले प्रतियोगितामा ९७ लाख २४ हजार आम्दानी भएकोमा ६२ लाख २२ हजार रुपैयाँ खर्च कटाएर उक्त रकम बचत गर्न सफल भएको जानकारी दिएका हुन् ।

क्लबले वर्षेनि आयोजना गर्ने फुटबल प्रतियोगिताबाट बचत रकमबाट सहारा फुटबल एकेडेमीलाई पनि सहयोग गर्दै आएको छ ।