
काठमाडौं, असार २६ । अमेरिकामा भएको अन्तर्राष्ट्रिय अमेरिकन नाइट च्याम्पियनसिप २०१६ मा आइटिएफ तेक्वान्दोका घम थापा मगरले स्वर्ण पदक हात पारेका छन् ।
थापा मगरले (५७–६४)केजी तौल समुहका स्वर्ण जितेका हुन् ।
न्यूयोर्कको पाउटुकेटमा जुलाई १६ मा भएको अन्तर्राष्ट्रिय आइटिएफमा थापा मगरले आयोजलाई नै ५–३ स्कोरले हराएर नेपाललाई स्वर्ण दिलाए । होर्याङ तेक्वान्दो एकेडेमीको आयोजनामा भएको प्रतियोगितामा इथोपिया, अमेरिका, अष्ट्रेलिया, भारत र पाकिस्तान लगायत कुल १३ राष्ट्रको सहभागीता थियो ।
केही दिन अगाडीमात्र हल अफ फेम अवार्डबाट उनी अमेरिकामा सम्मानित भएका थिए । नेपालमा मार्सल आर्ट खेल विकासमा योगदान पुर्याए वापत उनलाई हल अफ फेम अमेरिकाको अवार्ड कमिटीले सम्मान गरेका थियो ।
प्रतिक्रिया दिनुहोस्