१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


जडीबुटीमा टिपरको ठक्करबाट एक युवकको ज्यान गयो


0
Shares

भक्तपुर, असार २६ । भक्तपुरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा४ख ८७२५ नम्बरको टिपरले मंगलबार जडीबुटीमा मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

टिपरले बा८५प ७१६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा झापा, बिर्तामोड घर भइ हाल भक्तपुर नगरपालिका–१, दूधपाटी बस्ने १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका सुवेदीको शिक्षण अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा घाइते मोटरसाइकलचालक १८ वर्षीय अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ढुंगेलको टाउकोमा चोट लाग्नाका साथै बायाँ खुट्टा भाँचिएको छ ।

दुर्घटनामा संलग्न सवारी–साधन र टिपरचालक धादिङ, थाक्रे–६ का २७ वर्षीय हरिशरण राईलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाइएको छ । रासस