११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


भिखारी रामको हत्या आरोपमा तीनजना पक्राउ


0
Shares

अनिल तिवारी (इमेज)

वीरगन्ज, असार २६ । जिल्ला प्रहरी कार्यालय पर्साले ज्यानमार्ने उद्योगमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ ।

वीरगन्जको घन्टाघरनजिकै हत्या गरेर फालिएको अवस्थामा भेटिएका पशुपति ब्यान्डका सन्चालक भिखारी रामको हत्यामा संलग्न रहेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा बाराको कलैया उपमहानगरपालिका वडा नम्बर–२० का महजिद मियाँ हजाम, सर्लाही, बरहथवा–१० का भरत थापा र पोखरा महानगरपालिका–१ का विजय नेपाली रहेका छन् ।

गत असार १० गते राति वीरगन्ज महानगरपालिका वडा नम्बर–८, गहवाटोलमा रक्सीले मातेको झोकमा वादविवाद हुँदा भिखारी रामलाई ढुंगाले टाउकोमा हानी हत्या गरेको खुल्न आएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले बताए ।