१६ मंसिर २०८०, शनिबार | Sat Dec 2 2023


महोत्तरीमा १७ लाख लुटियो


0
Shares

महोत्तरी, असार २६ । महोत्तरीको जलेश्वर–बर्दिवास सडकखन्डमा पर्ने सरपल्लोबजारनजिकै मंगलबार अपराह्न ४ बजेतिर लुटेरा समूहले रु १७ लाख २५ हजार लुटेको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतकाअनुसार मनरासिस्वा नगरपालिका–७, सरपल्लोबजारमा प्रभु मनि ट्रान्सफर सन्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईओटा मोटरसाइकलमा आएका अज्ञात हतियारधारी लुटेराहरूले जलेश्वर–बर्दिबास सडकखन्डको सरपल्लो गाउँको दक्षिणपट्टि रहेको पेट्रोलपम्पनजिकैको बाँसघारअगाडिबाट लुटेर भागेका हुन् ।

अनुहार छोपेर आएका लुटेराहरूले साहलाई पेस्तोल देखाउँदै रकम लुटेर भागेको पीडितलाई उद्धृत गर्दैै प्रहरीले जनाएको छ । रासस