२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


बेलायती साईकल राईडर क्रिस फुम अग्रस्थानमै, उपाधि जित्ने सम्भावना बलियो


0
Shares

पेरिस, साउन ७ । बेलायती साईकल राईडर क्रिस फुम यो वर्षको टुर डे फ्रान्स साईक्लिङ प्रतियोगिताको उपाधि नजिक पुगेका छन् ।

रेस अन्तर्गत हिजो सम्पन्न १८ औं चरणको व्यक्तिगत टाईम ट्रायल जित्दै फ्रुमले उपाधि जित्ने सम्भावना बलियो पारेका हुन् ।

रेसमा तीन चरणको प्रतिस्पर्धा बाँकी रहँदा फ्रुमले दोस्रो स्थानका बाउके मोलेमासँग तीन मिनेट ५२ सेकेण्डको अग्रता लिएका छन् । फ्रुमभन्दा ४ मिनेट १६ सेकेण्ड पछिरहेका एडम याट्स तेस्रो स्थानमा छन् ।

टुर डे फ्रान्सको यो संस्करणमा सुरुदेखि नै अग्रता लिएका फ्रुमले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । १० औं चरणको रेसमा आयोजकको मोटरसाईकलसँग साईकल ठोक्किएपछि फ्रुमले दौडिएरै दुरी पार गरेका थिए । तर पछि आयोजकले समग्र तालिकामा फ्रुमलाई नै अग्रस्थानमा राखेपछि उनी उपाधि दावेदारीमा जीवित रहेका हुन् ।

यसअघि सन् २०१३ र २०१५ मा उपाधि जितेका ब्रिटिश राईडर फ्रुम करियरमा तेस्रो टुर डे फ्रान्स उपाधिको खोजिमा छन् ।