२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


माओवादीले आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने


0
Shares

काठमाडौं, साउन ७ । नेकपा माओवादी केन्द्रले व्यवस्थापिका–संसदको शुक्रबार (आज)को बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ ।

पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले पेस गरेका आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । संसद बैठक अहिले बस्दैछ ।

प्रमुख दलहरुबीच लामो छलफलपछि संसदमा आर्थिक विधेयक कि अविश्वासको प्रस्ताव कुन पहिला छलफल गर्ने भन्ने विवाद मिलेको छ ।

दलहरुबीच पहिले आर्थिक विधेयकको टुंगो लगाउने र आजै अविश्वासको प्रस्तावमाथि छलफल गर्ने सहमति भएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रलगायत दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गत असार २९ गते संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

यसअघि, दलहरुबीच संसद कार्यसूचीको प्राथमिकताका सम्बन्धमा सहमति नहुँदा संसद बैठक पटक–पटक स्थगित भएको थियो । रासस