Logo ३१ असार २०८३, बुधबार | Wed Jul 15 2026


रुसका ७ जना पौडी खेलाडीले ओलम्पिकमा भाग लिन नपाउने


0
Shares

काठमाडौं, साउन ११ । रुसका ७ जना पौडी खेलाडीले आसन्न रियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने भएका छन् ।

सनसनीपूर्ण डोपिङ प्रतिवेदनपछि पौडीको विश्व संस्था फिनाले ७ जना पौडीवाजलाई रियो ओलम्पिक खेल्नबाट प्रतिबन्ध लगाएको हो ।

यसरी प्रतिबन्ध लाग्ने खेलाडीमा हालै सम्न्न फिना विश्व च्याम्पियनसिपमा महिला सय मिटर ब्रेष्ट स्टोकतर्फ स्वर्ण जित्न सफल खेलाडी युलिया ईफीमोभा लगायतका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले रियो ओलम्पिकमा रुसका कुन–कुन खेलका को–को खेलाडीलाई सहभागि गराउने वा नगराउने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित खेलकुदका विश्व संस्थालाई दिएपछि रुसी खेलाडीलाई प्रतिबन्ध लगाएको समाचार बढ्न थालेका छन् ।

पौडीसँगै रोवीङको विश्व संघ फिसाले पनि तीन जना रोवीङ खेलाडीमाथि प्रतिबन्ध लगाएको छ । यसअघि एथ्लेटिक्सका सबै खेलाडीमाथि प्रतिबन्ध लगाइसकिएको छ ।