Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


नेवि संघको रिले अनसन चौथो दिन पनि जारी


0
Shares

काठमाडौं, साउन १२ । विधि संवत महाधिवेशनको माग राखेर कांग्रेस पार्टी कार्यालय, सानेपामामा रिले अनशन बसिरहेका नेवि संघका कार्यकर्ताहरुले आज चौथो दिन पनि अनसन जारी राखेका छन् ।

नेवि संघको विधि–विधान बिपरित भागबण्डा गरिएको नेतृत्व र १६ सय ‘फर्जी’ प्रतिनिधी खारेजी, विवादित जिल्लामा विधिसंवत अधिवेशन तथा तोकिएकै मितिमा अधिवेशन लगायतका माग राखेर नेवि संघको एउटा समुहले अनसन सुरु गरेको हो । उनीहरुले आफूलाई विधिवत महाधिवेशन पक्षधर विद्यार्थी भनेका छन् ।

सभापतिको दावी गरिरहेका पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले, महामन्त्रीका दावेदारहरु, युवराज पाण्डे, डिल्लीराम सुवेदी, सहमहामन्त्रीका दावेदार गणेश सापकोटा, उपाध्यक्षको दावी गरिरहेका डुजाङ शेर्पा, केन्द्रीय सदस्यका लागि दावी गरिरहेका शुसील भट्ट, शैलेन्द्र शर्मा गौडेल, कुमार दुलाल, लगायतको समूहले विधिवत महाधिवेशनको माग राख्दै अनसन सुरु गरेका हुन् ।

चौथो दिनको अनसनलाई नेता एलबी कार्कीले नेतृत्व गरेका छन् । संघको ११ औं महाधिवेशन यही साउन २३, २४ र २५ काठमाडौंमा सम्पन्न गर्ने निर्णय भएको छ । यद्यपी, विवाद मिलाउन पार्टी नेतृत्वलाई हम्मेहम्मे परिरहेको छ ।