फाइल फोटो
काठमाडौं, साउन १३ । अब बन्ने सरकारमा मन्त्रीका आकांक्षीहरु धेरै भएपछि नेकपा माओवादी केन्द्रले मन्त्री छनोटका लागि मापदन्ड बनाएको छ ।
विहीबार केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको माओवादी केन्द्रको बैठकले मन्त्री छनोटका लागि मापदन्ड तय गरेको हो ।
तर, मन्त्री छनोटको मापदन्ड के हो ? भन्नेबारे केही खुलाइएको छैन ।
समानुपातिक र समावेशी प्रतिनिधित्व मिलाएर मन्त्री बनाउने विषय टुंगो लागेको र व्यक्ति चयनबारे छिट्टै छलफल हुने बैठकपछि नेता हरिबोल गजुरेलले जानकारी दिए ।
मन्त्रीमन्डलको आकार २५ सदस्यीयमात्र बनाउने भन्ने विषयमा पनि छलफल भएको गजुरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्