सूनको मूल्य विहीबार उकालो लाग्यो « Imagekhabar – Online News Portal of Nepal
२९ श्रावण २०७९, आईतवार | Sun Aug 14 2022


सूनको मूल्य विहीबार उकालो लाग्यो


0
Shares

काठमाडौं, साउन १३ । विहीबार सुनको मूल्य उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको ५८ हजार ४ सय रुपैयाँमा स्थीर रहेको थियो ।

विहीबार चाँदी पनि तोलामा २५ रुपैयाँले महँगिएर ९ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५० डलर हाराहारीमा कारोबार भएको थियो ।