Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


सरकारमा जान सकारात्मक छौं : महतो


0
Shares

काठमाडौं, साउन १४ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ सरकारमा जाने विषयमा आन्दोलनरत् मधेसी मोर्चा सकारात्मक रहेको बताएका छन् ।

रिपोर्टर्स् क्लबले शुक्रबार राजधानीमा गरेको साक्षात्कारमा उनले पुष्पकमल दाहालको नेतृत्वमा बन्ने सरकारले मधेस आन्दोलनका घाइतेहरुको निःशुल्क उपचार गर्ने, झुठा मुद्दा फिर्ता लिनेलगायतका मागलाई सम्बोधन गरे आफूहरु सरकारमा जाने बताए ।