Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा : केसी


0
Shares

                                                                फाइल फोटो

भक्तपुर, साउन १५ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सबै दललाई मिलाएर संविधान कार्यान्वयन गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताएका छन् ।

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले शनिबार भक्तपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले कांग्रेसको नेतृत्वमै संविधान बनेकाले त्यसको कार्यान्वयन गर्ने जिम्मा पनि कांग्रेसकै काँधमा आएको बताएका हुन् ।

उनले भने–‘संविधान निर्माणदेखि जारी गर्नसम्म सँगै रहेका मुख्य तीन दल, नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई संविधान कार्यान्वयनमा पनि सँगसँगै लैजानुपर्छ, मधेसवादी दललाईसमेत समेटेर अगाडि जाने जिम्मेवारी अब कांग्रेसको हो ।’

संविधान सहमतिको दस्तावेज भएको जिकिर गर्दै उनले संविधानमाथि प्रश्न गरेर संविधानलाई निष्क्रिय बनाउनतर्फ नलागी सबै दल संविधानको सफल कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिए । रासस