Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


फोरम लोकतान्त्रिकलाई सरकारमा सामेल नगर्न मोर्चाले धम्की दियो : गच्छदार


0
Shares

काठमाडौं, साउन १६ । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले मधेशी मोर्चाले नयाँ बन्ने सरकारमा फोरम लोकतान्त्रिकलाई सहभागी नगराउन धम्की दिएको आरोप लगाएका छन् ।

फोरम लोकतान्त्रिकको सातौं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेसी मोर्चा सरकारमा जान आतुर रहेकोतर्फ संकेत गर्दै भने, ‘मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुको मूल्य अब के दिनुहुन्छ ?’

उनले मधेशी मोर्चाको धम्कीले आफ्नो पार्टीको भूमिकालाई निस्तेज पार्न खोजे पनि राष्ट्रिय राजनीतिमा फोरम लोकतान्त्रिकको भूमिका महत्वपूर्ण भएको बताए । उनले नयाँ सरकारलाई आफुहरुको समर्थन हुने पनि स्पष्ट पारे ।

अध्यक्ष गच्छदारले एक मधेश एक प्रदेश बनाउन नसकिने स्पष्ट पार्दै संविधान कार्यान्वयनका लागि सबै दल एकतावद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।