Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


मधेसको माग सम्बोधन नभएसम्म सरकारमा जाँदैनौं : राजेन्द्र महतो


0
Shares

सप्तरी, साउन १७ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसको माग सम्बोधन नभएसम्म सरकारमा नजाने बताएका छन् ।

सप्तरीको सदरमुकाम राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मोर्चाको शर्त स्वीकार गरे मात्र अब बन्ने सरकारलाई समर्थन गर्न सकिने बताए ।

सरकारले पुरा गर्न सक्ने माग निश्चित अवधीभित्र पुरा गर्ने र सरकार गठन भएपछि सिमाङ्कन लगायत संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराउने विषयमा मोर्चासँग वार्ता गरी लिखित प्रतिवद्धता आए सरकार निर्माणमा सहयोग गर्ने उनको भनाइ थियो ।

मोर्चाको मागप्रति बेवास्ता गरिए सरकारलाई दिएको समर्थन फिर्ता लिएर मोर्चा आन्दोलनमा जानुको विकल्प नरहने समेत उनको चेतावनी छ ।