बच्चालाई आमाको दुध सेवन गराउँदा के फाइदा ? यसो भन्छन् डाक्टरहरु « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Thu Aug 18 2022


बच्चालाई आमाको दुध सेवन गराउँदा के फाइदा ? यसो भन्छन् डाक्टरहरु


0
Shares

काठमाडौं, साउन १७ । स्तनपान नै दिगो विकासको प्रमुख आधार भन्ने नाराकासाथ आज देशभर स्तनपान सप्ताह मनाईएको छ ।

यसै सन्दर्भमा शिक्षण अस्पतालले पनि आज एक कार्यक्रम गरी स्तनपानको महत्व र बच्चाको सुरक्षाको सम्बन्धमा चेतनामुलक कार्यक्रम गर्‍यो ।

चिकित्सकहरुले बच्चा जन्मेको एक घण्टाभित्र आमाको दुध बच्चालाई खुवाउन र छ महिनासम्म आमाको दुध अनिवार्य खुवाउन आग्रह गरेका छन् ।

आमाको दुध लगातार सेवन गराउँदा बच्चाको क्षमतामा वृद्धि हुने, तिक्ष्ण स्वभावका हुने र फुर्तिलो हुने उनीहरुले बताएका छन् ।

आमाको दुधसेवन गर्न पाएका बच्चाहरु स्वस्थयकर हुने र आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुने उनीहरुले बताएकाछन् ।

बच्चालाई आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधमा मात्र पाईने भएको भन्दै उनीहरुले बच्चालाई दुध चुसाउँदा आमाको सौन्दर्यमा पनि निखार आउने जानकारी गराएकाछन् ।

बिभिन्न्न सरकारी कार्यालयमा कार्यरत सुत्केरी आमाहरुले भने स्तनपान तथा शिुसु स्याहारकालागि आवश्यक विदा पाउँने नगरेको गुनासो गरेका थिए ।