एमालेसँग राम्रो सम्बन्ध राख्नुपर्छ : सुजाता « Imagekhabar – Online News Portal of Nepal
१ भाद्र २०७९, बुधबार | Wed Aug 17 2022


एमालेसँग राम्रो सम्बन्ध राख्नुपर्छ : सुजाता


0
Shares

                                                            फाइल फोटो

विराटनगर, साउन १७ । नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा राष्ट्रिय सहमतिको सरकारको आवश्यकता रहेको बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङद्वारा सोमबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले संविधानको कार्यान्वयन र २०७४ माघ ८ गतेभित्र तीनओटा निर्वाचन गराउनुपरेकाले सहमतिको सरकार आवश्यक रहेको स्पस्ट पारिन् ।

नेत्री कोइरालाले संविधान कार्यान्वयन र संशोधनलगायत प्रस्ताव पारित गराउन संसदमा दुई तिहाइ बहुमत चाहिएकाले एमालेसहितको राष्ट्रिय सरकार गठन गरिनुपर्नेमा जोड दिइन् ।

कुनैपनि सरकारलाई अवधिभर काम गर्न दिनुपर्ने उल्लेख गर्दै अब नयाँ बन्ने सरकारलाई पनि ढाल्ने प्रयास भएमा मुलुकमा अस्थिरता आउने सम्भावना व्यक्त गरिन् ।

वर्तमान सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन गर्नुपर्ने, चिनियाँ राष्ट्रपतिको भ्रमण सुनिश्चित गर्नुपर्ने विषयमा जोड दिँदै उनले मुलुकको लागि के गर्दा राम्रो हुन्छ, त्यसतर्फ नयाँ सरकार अग्रसर हुनुपर्ने आवश्यकता औंल्याइन् ।

राष्ट्रिय मुद्दालाई कार्यान्वयनका लागि नेकपा एमालेसँग राम्रो सम्बन्ध राख्नुपर्ने सुझाव दिँदै उनले मुलुकमाथि खतरा आउन नदिन राजनीतिक दल जिम्मेवार हुनुपर्ने धारणा प्रकट गरिन् । रासस