Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


पक्राउको विरोधमा आज पनि धुन्चे बजार बन्द


0
Shares

रसुवा, साउन १८ । रसुवाको स्थानीय निकाय पुनरसंरचना सिमांकनको विषयमा विवाद भएपछि भएको घटनालाई लिएर धुन्चेका छिरिङ ग्याल्वो घलेलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज दोस्रो दिन पनि धुन्चेका स्थानियबासीले सदरमुकाम धुन्चे बजार वन्द गरेका छन ।

वन्दका कारण सदरमुकाम धुन्चे बाट चल्ने लामो तथा छोटो दुरीका कुनै पनि यातायातका साधन चल्न सकेनन् भने वजार पुर्ण रूपमा वन्द गरिएको छ ।

आज बिहान प्रहरीले बजार बन्द गर्दै हिडने पाँजनालाई पक्राउ गरेपछि बजारमा सुरक्षा ब्यबस्था बजारमा थप कडा गरिएको छ ।

स्थानीयबासीले पक्राउ गरेका पाँचजना निर्दोष रहेकाले तत्काल छाडन माग गरेका छन भने प्रहरिले नियन्त्रणमा लिएका पाँच जनालाई छाडे पछि यातायात सुचारु गर्न बन्दकर्तासंग अनुरोध गरेको छ