फाइल फोटो
काठमाडौं, साउन १९ । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाललाई मित्रराष्ट्रहरुबाट बधाइ तथा शुभकामना प्राप्त हुनेक्रम जारी छ ।
बुधबार मुलुकको ३९औं प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताइले दाहाल निवास लाजिम्पाट पुगेर उनलाई बधाइ दिएका छन् ।
राजदूत चुन्ताइले चिनियाँ प्रधानमन्त्री ली खछ्याङ र चिनियाँ जनताकातर्फबाट दाहाललाई बधाइ दिएको जनाइएको छ ।
यसअघि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दाहाललाई टेलिफोन गरी बधाइ दिएका थिए ।










प्रतिक्रिया दिनुहोस्