काठमाडौं, साउन २० । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथग्रहण गरेलगत्तै लैनचौरस्थित सहिद स्मारकमा पुगेर सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।
सो अवसरमा उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महराले पनि सहिदप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री दाहालले कीर्तिपुरको चम्पादेवीमा पुगेर कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका थिए ।
चम्पादेवीबाट माओवादी केन्द्रीय कार्यलयमा पुगेर उनले सहिद स्मारकमा माल्र्यापण गरे ।
त्यसपछि प्रधानमन्त्री दाहालले विहीबारै सिंहदरबारमा पुगेर कार्यभार ग्रहण गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्