Logo ३ जेष्ठ २०८३, आइतबार | Sun May 17 2026


प्रधानमन्त्री दाहाललाई अमेरिकाले दियो बधाइ


0
Shares

काठमाडौं, साउन २० । संयुक्तराज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाइ दिएको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासले विहीबार विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धता पुष्टि भएको जनाएको छ ।

दूतावासको विज्ञप्तिमा भनिएको छ–‘संविधान कार्यान्वयन, पुनःनिर्माण र आर्थिक विकासका महत्वपूर्ण कार्य सम्पन्न गर्नका लागि अझ लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्तराज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न चाहन्छ ।’ रासस