
काठमाडौं, साउन २१ । निजामती कर्मचारीहरुले असमान तलब मिलाउनुपर्ने माग गरेका छन् ।
नेपाल निजामती कर्मचारी संगठनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी कर्मचारीको तलब सुविधा बृद्धि सकारात्मक रहेको तर तलब मिलान समान नभएको बताएको हो ।
उनीहरुले असमान ‘ग्रेड’ समायोजनको विरोध गर्दै निजामती प्रशासनमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने पनि बताएका छन् ।
संगठनले आफ्ना सबै सदस्यहरुलाई एक लाख बराबरको दुर्घटना तथा औषधि बिमा योजना लागु गरेको दाबी गर्दै सहकारीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक सच्याउन पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्