
काठमाडौं, साउन २१ । एसियाली विकास बैंक (एडीबी)को अध्यक्षमा पुनः ताकिहिको नाकाओ चयन भएका छन् ।
एडीबीको गभर्नर्स् बैठकले ताकिहिको नाकाओलाई निर्विरोधरुपमा पुनः दोस्रो कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
आगामी नोभेम्बर २४ देखि लागू हुने गरी पाँच वर्षका लागि उनी निर्वाचित भएको एडीबीले जनाएको हो ।
यसअघि उनी सन् २०१३ मा पहिलोपटक साढे तीन वर्षे अवधिका लागि अध्यक्षमा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्