तस्विर: मिलनराज प्रसार्ईको फेसबुकबाट
काठमाडौं, साउन २४ । प्रजातन्त्र सेनानी एवं नेपाली कांग्रेसका पुराना नेता भूविक्रम नेम्वाङको निधन भएको छ ।
नेम्वाङको ८० वर्षको उमेरमा आइतबार साँझ निधन भएको हो । सैन्य बलमा बीपी कोइराला सरकारलाई अपदस्थ गर्ने राजा महेन्द्रविरुद्ध नेम्बाङले नै पहिलो बन्दुक उठाएका थिए ।
फोक्सो, मृर्गौला र मुटुका विरामी नेम्बाङको झापाको धुलावारीस्थित घरमै निधन भएको हो ।
उनको आज निन्दा नदीमा अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । पाँचथर पौवासारतापमा जन्मेका भूविक्रम सानैदेखि विद्रोही स्वभावका थिए ।










प्रतिक्रिया दिनुहोस्