१२ चैत्र २०७९, आइतबार | Sun Mar 26 2023


विश्वकप खेल्ने नेपालको सपना युएईद्वारा चकनाचुर


0
Shares

काठमाडौं, वैशाख ५ । मलेसियामा जारी अन्डर नाइन्टिन एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोट चरण पार गरी विश्वकपमा सहभागिता जनाउने नेपालको सपना चकनाचुर भएको छ ।

राउन्ड रोविन लिगपछि शीर्षस्थानमा रहने टोली अर्को वर्ष हुने यु १९ विश्व कपका लागि छनोट हुनेछ । प्रतियोगितामा आफ्ना सबै खेलमा शतप्रतिशत नतिजा निकाल्दै युएई विश्वकपको आगामी यात्राका लागि छानिएको छ । युएईसँगै पराजित भएका कारण नेपालको विश्वकप यात्रामा भने यसपटक पूर्णविराम लागेको हो ।

बिहीबार युएईले ओमनलाई फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा शत प्रतिशत नतिजा निकालेको हो । ओमनसँग युएई पराजित भएको अवस्थामा नेपालले कुवेतलाई पराजित गर्दा रन रेटका आधारमा अघिल्लो चरणका लागि नेपालले प्रवेश पाउन सक्थ्यो ।

ओमनलाई नौ विकेटले पराजित गर्दै युएई जारी प्रतियोगिताको शीर्ष स्थानमा कायम छ । नेपालले कुवेतमाथि जित हासिल गरेको अवस्थामा पनि दोस्रो स्थानमै चित्त बुझाउनु पर्ने भएको छ ।