फाइल फोटो
काठमाडौं, साउन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, मन्त्रिपरिषद विस्तार र सरकारले लागू गर्ने साझा कार्यक्रमका विषयमा छलफल भएको बताइएको छ ।
मन्त्रिपरिषद विस्तारमा भएको ढिलाइले जनतामा नकारात्मक सन्देश जाने भन्दै उनीहरुबीच चाँडै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा सहमति भएको छ ।
यसैगरी, दुई शीर्ष नेताबीच भएको भेटवार्तामा जनतालाई राहत दिने कार्यक्रम सार्वजनिक गर्नेबारेमा पनि छलफल भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्