Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


प्रधानमन्त्री दाहालसामु विदेश मामिलाका चुनौती, यस्ता छन् आरोप (भिडियो रिपोर्ट)


0
Shares

सरस्वती कर्माचार्य/लक्ष्मनमान डंगोल (इमेज)
काठमाडौं, साउन २४ । भारत र चीनसँगको सम्बन्धलाई सन्तुलित बनाउने उद्घोषकासाथ प्रधानमन्त्री बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सरकारमाथि आन्तरिकमात्र होइन, बाह्य चुनौती पनि थपिएका छन् ।

नेपालको भारत र चीनसँगको सम्बन्धले बढी महत्व पाइरहेको पृष्ठभूमिमा गठन भएको पुष्पकमल दाहाल नेतृत्वको सरकारले वैदेशिक सम्बन्धलाई देशहितका लागि प्रयोग गर्ने विषयमा आशंकाहरु पैदा हुन थालेको छ ।

आफैंले समर्थन गरेको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न आतुर दाहालले सरकार गठन भएको एक साता हुन लाग्दा पनि परराष्ट्रमन्त्री नियुक्ति गर्न सकेका छैनन् । जसका कारण प्रधानमन्त्री दाहालको बोली र व्यवहार फरक देखिएको छ ।

पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले आफू परराष्ट्रमन्त्री रहँदा पुष्पकमल दाहाल र शेरबहादुर देउवाको विदेश भ्रमणकाक्रममा हुने प्रस्तुति देशहितमाभन्दा अन्यत्रै केन्द्रित हुने गरेको पाएको दाबी गरे ।

उनले नयाँ सरकारको गतिविधिबाट सरकार जुन ढंगले चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको टिप्पणी पनि गरे ।

हुन त सात वर्षअघि प्रधानमन्त्री बन्दा भारतसँगको असमझदारीका कारण सत्ता त्यागेका प्रधानमन्त्री दाहालले विगतको पाठ सिकेर आफूलाई सुधार गर्ने अपेक्षा गर्ने ठाउँ पनि प्रशस्तै छन् । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।