मन्त्री छान्न माओवादी बैठक असफल, दाहाललाई जिम्मा • Image Khabar Image Khabar


मन्त्री छान्न माओवादी बैठक असफल, दाहाललाई जिम्मा


Imagekhabar
२६ श्रावण २०७३, बुधबार ०१:५७

मन्त्री छान्न माओवादी बैठक असफल, दाहाललाई जिम्मा

                                                          फाइल फोटो
काठमाडौं, साउन २५ । नेकपा माओवादी केन्द्रको बैठक सरकारमा पठाउने व्यक्तिहरुको नाम टुंगो लगाउन असफल भएको छ ।

मन्त्री बन्नेहरुको नाम टुंगो लगाउन मंगलबार बालुवाटारमा बसेको बैठकमा सहमति नजुटेपछि सबै जिम्मा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिने निर्णय भएको जनाइएको छ ।

सरकारमा जाने व्यक्तिहरुको विषयमा विवाद भएकाले प्रधानमन्त्री दाहालले आफ्नै पार्टीको भागमा परेको ‘कोटा’ पनि पूर्ति गर्न सकेका छैनन् ।

सरकारको साझेदार नेपाली कांग्रेसभित्र पनि यही विवाद चर्केको छ ।

प्रतिक्रिया दिनुहोस्