२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओली आक्रोशित, दाहाललाई भने–‘निवेदन दिनोस्, स्रोत देखाइदिन्छु’ (भिडियोसहित)


0
Shares

काठमाडौं, साउन २६ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूले ल्याएका विकास निर्माणका योजनाहरु अघि बढाउन स्रोत नभेटे आफूलाई लिखितरुपमा निवेदन दिन सरकारसँग आग्रह गरेका छन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले ‘लिखितरुपमा आग्रह गरेमात्रै स्रोत कसरी जुट्छ भन्ने बताइदिन्छु’–भने ।

आफ्नो नेतृत्वको सरकारलाई ‘म्यादी सरकार’ भनेर व्यंग्य गरिएकोप्रति आक्रोशित हुँदै ओलीले वर्तमान सरकार त लिखितरुपमै म्यादी भएको टिप्पणी गरे ।

वर्तमान सरकार ‘अरुकै इशारामा चलको’तर्फ संकेत गर्दै उनले ‘टेलिभिजनको रिमोट कता छ भन्ने थाहा भएपछि च्यानल परिवर्तन ठूलो कुरा नहुने’ बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर मुलुकलाई अस्थिरतातिर लैजान खोजेको भन्दै त्यसमा सबै सजक हुनुपर्ने उनको भनाइ थियो ।

२०७४ भित्र निर्वाचन नगरे मुलुकमा संवैधानिक रिक्तता आउने र त्यस्तो परिस्थिति ल्याउने खेलसमेत भइरहेको भन्दै ओलीले एमाले जिम्मेवार प्रतिपक्ष बन्ने बताए ।

राष्ट्रिय एकता र साम्प्रदायिक सद्भाव खलबल्याउन खोजिएको आरोप लगाउदै उनले एमालेलाई कमजोर पारेरमात्रै देशलाई कमजोर बनाउन सकिन्छ भन्ने मानसिकतालेसमेत काम गरेको जिकिरसमेत गरे ।

मधेस आन्दोलनकाक्रममा मारिएकाहरुलाई आफ्नो नेतृत्वको सरकारले नै १० लाख रुपैयाँ दिने र घाइतेको उपचार गर्ने काम गरिसकेको भन्दै उनले ‘अहिले आएर फेरि त्यही निर्णय गर्नु हाँस्यासपद हो’–भने ।

संविधान परिवर्तनशील भएपनि तत्काल संशोधन जरुरी नरहेको उनको भनाइ थियो ।

भिडियो हेर्नुहोस्