Logo ३ जेष्ठ २०८३, आइतबार | Mon May 18 2026


नेवि संघका सापकोटा र ढुंगेलको १२ दिनदेखिको अनशन तोडियो


0
Shares

काठमाडौं, साउन २६ । विधानसम्मत् महाधिवेशनको माग गर्दै १२ दिनदेखि आमरण अनशन बस्दै आएका नेवि संघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटा र रामेछाप जिल्ला पूर्वउपाध्यक्ष रत्नहरि ढुंगेलले बुधबार अनशन तोडेका छन् ।

प्रतिनिधि विवाद मिलेपछि उनीहरुले अनशन तोडेको नेवि संघका नेता सुशील भट्टले जानकारी दिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलालगायतका नेताले उनीहरुलाई जुस पिलाएर अनशन तोडाएका हुन् ।

विधानविपरीत ल्याइएको प्रतिनिधि खारेज गर्नुपर्ने, वास्तविक प्रतिनिधिमात्र कायम गर्नुपर्ने, अधिवेशन गर्न बाँकी रहेका उपत्यकासाथै अरु जिल्लामा वैधानिक तवरले अधिवेशन गर्नुपर्नेलगायतका माग राखी उनीहरू यही साउन १५ गतेदेखि आमरण अनशन बस्दै आएका थिए । रासस