सोभराजको रिटमा फैसला गर्दै सर्वोच्चद्वारा कैदीको सुविधा बढाउन परमादेश • Image Khabar Image Khabar


सोभराजको रिटमा फैसला गर्दै सर्वोच्चद्वारा कैदीको सुविधा बढाउन परमादेश


Imagekhabar
२७ श्रावण २०७३, बिहीबार १४:०४

सोभराजको रिटमा फैसला गर्दै सर्वोच्चद्वारा कैदीको सुविधा बढाउन परमादेश

काठमाडौं, साउन २७ । सर्वोच्च अदालतले कारागारका कैदीबन्दीको न्यूनतम आवश्यकता पूर्ति हुने गरी सिधा र भत्ता रकममा वृद्धि गर्न बुधबार सरकारलाई परमादेश दिएको छ ।

थुनुवा कैदी र आश्रित परिवारको समेत जीवन तथा स्वास्थ्यलाई ध्यानमा राखी सुविधामा पुनरावलोकन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गुह मन्त्रालय र कारागार व्यवस्था विभागलाई सर्वोच्चले परमादेश दिएको हो ।

थुनुवा कैदीलाई दिइँदै आएको प्रतिव्यक्ति सात सय ग्राम चामल र ४५ रुपैयाँले जीवन धान्न कठिनाइ भएको दाबीसहित डिल्लीबजार कारागारमा थुनामा रहेका अन्तर्राष्ट्रिय अपराधी चार्ल्स सोभराज गुरुमुखले गत वर्ष सर्वोच्चमा रिट दायर गरेका थिए ।

सोभराजले आमकैदीका हकमा कारागारभित्रै बाट रिट दिएका थिए ।

रिट निवेदकका पक्षमा बहस गर्दै अधिवक्ता शकुन्तला थापा, रामबन्धु शर्मा तथा सोभराजकी प्रेमिका निहीता विश्वासले नियमावलीको उक्त व्यवस्था संविधान प्रदत्त हक र आधारभूत मानवअधिकार विरुद्ध रहेको बताउँदै थुनाका बन्दीलाई पेटभरी खानपुग्ने खाद्यान्न र नगद उपलब्ध गराउन माग गरेका थिए । –अन्नपूर्ण पोस्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्