३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


मुलुकमा भाषणभन्दा पनि आर्थिक बहस जरुरी छः प्रधानमन्त्री


0
Shares

काठमाडौं, साउन २७ । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक शक्ति एक भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनको आज आफ्नै सरकारी निवास बालुवाटारमा ज्ञापनपत्र बुझ्दै उनले राष्ट्रिय मुद्धामा सबै दल एक भएर मुलुकलाई निकास दिनुपर्ने आवश्यकता औल्याए ।

सबै दलले दलगत स्वार्थ छाडेर राष्ट्रिय हितमा काम गर्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले अहिले मुलुकका लागि भाषणभन्दा पनि आर्थिक बहस जरुरी भएको भन्दै भाषण गर्न छाडेर कामलाई प्राथमिकता दिन आग्रह गरे ।

मुस्लिम संघर्ष गठबन्धनका अध्यक्ष समिम अन्सारीले भने विगतका सरकारले मुस्लिम समुदायका माग सम्बोधन गर्न नसकेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले हज गर्न जाने मुस्लिम समुदायको कोटा बढाउन माग गरे ।