
काठमाडौं, साउन १७ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय कच्चापदार्थमा आधारित लघु, घरेलु तथा साना उद्योग नै मुलुकको अर्थतन्त्रको मेरूदन्ड भएको बताएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमन्डलसँग विहीबार बालुवाटारस्थित निवासमा कुरा गर्दै उनले यस्ता उद्योगहरूको संरक्षण र प्रवद्र्घनमा सरकार प्राथमिकताकासाथ लाग्ने बताए ।
आर्थिक सुधारका कार्य गर्दा निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गरेको महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष श्याम गिरीले लघु, घरेलु तथा साना उद्यमीको पहिचान गरी भूकम्पपीडित उद्यमीलाई परिचयपत्र उपलब्ध गराउन र पीडित उद्यमीलाई पाँच लाख रूपैयाँ अनुदान उपलब्ध गराउन आग्रह गरेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्