धनुषटङ्कारबाट पीडित ३४ दिने शिशुको सफल उपचार, यसकारण भयो धनुषटङ्कार • Image Khabar Image Khabar


धनुषटङ्कारबाट पीडित ३४ दिने शिशुको सफल उपचार, यसकारण भयो धनुषटङ्कार


Imagekhabar
२८ श्रावण २०७३, शुक्रबार २२:१२

धनुषटङ्कारबाट पीडित ३४ दिने शिशुको सफल उपचार, यसकारण भयो धनुषटङ्कार

विवेक खड्का (इमेज)
दाङ, साउन २८ । दाङमा धनुषटङ्कारबाट पीडित एक बालकको सफल उपचार गरिएको छ ।

तुलसीपुरस्थित तुल्सी अस्पतालले ३४ दिने शिशुको सफल उपचार गरेको हो ।

रुकमको श्यालापाखा–२ भुरुंगाका दिलीप पुन र हिमा पुनका शिशु जन्मिदै धनुषटङ्कारबाट ग्रसित भएको र उनलाई सामान्य अवस्थामा फर्काउन १० दिन लागेको चिकित्सकहरुले बताएका छन् ।

गर्भमा हुँदा आमा हिमाले धनुषटङ्कारविरुद्ध लगाउनुपर्ने खोपको मात्रा पूरा नलगाउनु र बच्चाको नाभी खिया लागेको हँसियाले काटेका कारण शिशु धनुषटङ्कारबाट ग्रसित बनेको चिकित्सकले बताएका छन् ।

राजधानीबाहिर यस्तो उपचार दुर्लभ रहेको पनि सो अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्