१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


सुनको मूल्य ३ सयले घट्यो


0
Shares

काठमाडौं, साउन २८ । पछिल्ला दिन उकालो लाग्दै रहेको सुनको भाउमा शुक्रबार सामान्य कमी आयो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्यमा तोलामा ३ सय रुपैयाँले कमी आएर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर ८ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस १३ सय ४४ डलर हाराहारीमा कारोबार भएको थियो ।