२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


थानकोटमा ट्याक्सीमा आगो लाग्यो, दुईजना घाइते


0
Shares

                                                                    फाइल फोटो

काठमाडौं, साउन २८ । थानकोट, सरस्वतीस्थानमा बा१ज ५९३४ नम्बरको ट्याक्सी स्टार्ट गर्नेक्रममा शुक्रबार अचानक आगलागी हुँदा दुईजना जलेर घाइते भएका छन् ।

ट्याक्सीचालक चन्द्रागिरी नगरपालिका–४ वाणभञ्ज्याङ बस्ने ३० वर्षीय दिनेश तामाङ र उनका साथी सोही ठाउँ बस्ने २७ वर्षीय सूर्यबहादुर तामाङ जलेर घाइते भएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई तत्काल उपचारका लागि वीर अस्पताल लगिएको र अवस्था बोल्नसक्ने रहेको छ । ट्याक्सीको अगाडिको भाग जलेर क्षति भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस