
बिराज रोस्यारा
कैलाली, वैशाख ४ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ओलम्पिक टर्च र्याली धनगढी पुगेको छ ।
प्रदेश १ बाट सुरु भएको भएको र्याली सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढी पुगेको हो । टर्च र्यालीको जिम्मा पाएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले र्याली धनगढी पुर्याएको हो ।
सातौं राष्ट्रिय खेलुकद सम्पन्न भएको विराटनगरबाट र्याली सुरु भएको थियो । देशभरै राष्ट्रिय खेलुकद प्रतियोगिताको रौनक बढाउन टर्च र्याली गरिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले जनाएको छ । ओलम्पियन १४ जनाको समूहले विभिन्न स्थानमा र्यालीको नेतृत्व गर्दै आएका छन् ।
धनगढी बजार क्षेत्रमा पनि र्याली निकालिएको छ । र्यालीमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पनि सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्