उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’ • Image Khabar Image Khabar


उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’


Imagekhabar
२९ श्रावण २०७३, शनिबार १३:५५

उपाध्यक्षसहित एक दर्जन एमाले नेता ‘बेरोजगार’

काठमाडौं, साउन २९ । एमालेका चार उपाध्यक्षसहित दर्जन केन्द्रीय नेता जिम्मेवारी नपाएर ‘बेरोजगार’ बनेका छन् । अघिल्ला दुई सरकारमा सहभागी पूर्वमन्त्रीहरूलाई एमालेले अझै काम नदिादा उनीहरू ‘बेरोजगार’ बनेका हुन् ।

तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकार र पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा सहभागी मन्त्रीमध्ये धेरैलाई एमालेले पार्टी कामको कुनै जिम्मेवारी दिएको छैन ।

उपाध्यक्षहरू भने पुरानो संरचनाको विकास क्षेत्र र अञ्चल कमिटी खारेज भएपछि दुई महिनायता जिम्मेवारीविहीन छन् । उनीहरूलाई भूगोल या केन्द्रीय विभाग कतैको पनि जिम्मेवारी तोकिएको छैन ।

स्थायी समितिले जिम्मेवारी तोक्ने

केहीले महाधिवेशन सकिएको दुई वर्ष बितिसक्दा पनि परिभाषित जिम्मेवारी पाएका छैनन् । एमाले सचिव तथा संगठन विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जिम्मेवारीविहीन नेताहरूलाई स्थायी समितिले नयाँ जिम्मेवारी दिने बताए ।

‘केही नेता सरकारको कामको सिलसिलामा हुनुभएकाले तत्कालै काम नपाउनुभाको हो, तर स्थायी समितिले उहााहरूबारे छिट्टै निर्णय गर्नेछ,’ गुरुङले भने । १३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले एक सय ८५ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन गर्दै कामको जिम्मेवारी बााडफााड गरेको थियो ।तर, पनि अझै एक दर्जनभन्दा बढी नेता ‘बेरोजगार’ देखिएका हुन् ।

उपाध्यक्षहरूको दाबीः प्रदेश संयोजक

विधानले उपाध्यक्षहरूलाई पााचवटा विकास क्षेत्रको काममा समन्वय र अनुगमन गर्ने जिम्मेवारी दिए पनि पुरानो संरचना खारेज गरेपछि उनीहरू ‘बेरोजगार’ बनेका हुन् । ‘पुरानो संरचना खारेज भएको, प्रदेश कमिटीले पनि पूर्णता नपाइसकेका कारण हामी चारै उपाध्यक्ष जिम्मेवारीविहीन अवस्थामा छौा,’ उपाध्यक्ष ज्ञवालीले भने ।

विधानले सचिवको मात्रै परिभाषित काम तोकेका कारण परिवर्तित परिस्थितिअनुसार सातवटै प्रदेश संगठन कमिटी गठनलाई पूर्णता दिादा संयोजकको जिम्मेवारी दिनुपर्ने उपाध्यक्षहरूको माग छ ।

पाँच नेता दुई वर्षदेखि जिम्मेवारीविहीन

तत्कालीन प्रधानमन्त्री कोइराला नेतृत्वको सरकारमा मन्त्री भएका पोलिटब्युरो सदस्यहरू लालबाबु पण्डित, महेन्द्रबहादुर पाण्डे, राधा ज्ञवाली र दलबहादुर रानाले अझै जिम्मेवारी पाएका छैनन् ।

त्यस्तै, तत्कालीन कृषिमन्त्री हरि पराजुली पनि अझै बेरोजगार छन् । ०७१ असारमा नवौा महाधिवेशन हुादा उनीहरू सबै कोइराला नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी थिए ।

१३ चैत ०७१ मा बसेको केन्द्रीय कमिटी बैठकले कार्यविभाजन गर्दा पनि उनीहरू मन्त्री नै थिए । तर, गत असोजबाट सरकारको कामबाट फर्किएको १० महिना बितिसके पनि एमालेले उनीहरूलाई कुनै कामको जिम्मेवारी दिइएको छैन ।

त्यस्तै, पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा कानुनमन्त्री रहेका अग्नि खरेल पनि जिम्मेवारीविहीन बनेका छन् । मन्त्री हुनुअघि उनले सम्हाल्दै आएको संसदीय व्यवस्था विभागको जिम्मेवारी पूर्वसभामुख सुवास नेम्वाङलाई दिइएकाले मन्त्रीबाट फर्किएपछि खरेल जिम्मेवारीविहीन बनेका हुन् । नेतृत्वको संकुचित मानसिकताका कारण जिम्मेवारी नपाइएको एक नेताले बताए ।

खनाल र मैनाली जिम्मेवारीप्रति असन्तुष्ट

एमाले वरिष्ठ नेता झलनाथ खनाल र नेता राधाकृष्ण मैनाली पार्टीले दिएको जिम्मेवारीप्रति सन्तुष्ट छैनन् । एमाले केन्द्रीय कमिटीले खनाललाई नीति अनुसन्धान प्रतिष्ठान तथा मैनालीलाई राजनीतिक दलहरूसाग सम्पर्क र समन्वयको जिम्मेवारी दिएको थियो ।

तर, दुवै नेता उचित जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट बनेका हुन् । स्रोतका अनुसार खनालले वरिष्ठ नेताको हैसियतमा दोस्रो मर्यादामा रहेर पार्टीको केन्द्रीय वैदेशिक मामिला विभाग प्रमुख बन्ने चाहना राखेका थिए, तर अध्यक्ष ओलीले आन्तरिक सन्तुलनका लागि सो विभागको जिम्मा नेता माधवकुमार नेपाललाई दिएपछि खनाल भित्रैदेखि अध्यक्षसाग सन्तुष्ट छैनन् ।

पार्टीले लिएको नीति र कार्यदिशाको अध्ययन–अनुसन्धान गर्ने प्रतिष्ठानका रूपमा विकास गर्नेगरी खनाललाई जिम्मेवारी दिइए पनि त्यसबारे कुनै काम अघि नबढाइएपछि उनी असन्तुष्ट भएका हुन् ।

मैनाली भन्छन्ः ओलीले वचन पूरा गरेनन्

अध्यक्ष ओलीले आफूलाई स्थायी समिति सदस्य बनाउने वचन पूरा नगरेकोमा मैनाली असन्तुष्ट छन् । ‘स्थायी समितिमा लगेको भए मैले पार्टीलाई नीतिगत रूपमा कसरी अघि बढाउने, अहिलेसम्मका राजनीतिक अनुभवका आधारमा के–कस्ता योजना बनाउने खाका नै प्रस्तुत गर्थे हुँला,’ मैनालीले भने, ‘तर, पार्टीहरूसाग वार्ता गर्ने भनेर जिम्मेवारी दिइए पनि मलाई कतै संलग्न गराइादैन, अरू वाम पार्टीसाग मैले नै एकीकरणको पहल गर्दैमा हुने कुरा पनि छैन ।’

यी उपाध्यक्षले काम पाएनन्

एमालेमा अहिले वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीमबहादुर रावलसहित चार उपाध्यक्ष छन् । विधानअनुसार महाधिवेशनबाट पााच उपाध्यक्ष निर्वाचित भएकोमा विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि उनको पद रिक्त छ ।

तर, गत ६ असारमा बसेको स्थायी समिति बैठकले पााच विकास क्षेत्र र १७ अञ्चलको पुरानो संरचना खारेज गरेर प्रदेश संगठन कमिटी बनाउने निर्णय गरेपछि उपाध्यक्षहरूसमेत ‘बेरोजगार’ बनेका हुन् ।

जिम्मेवारीविहीन नेता भन्छन् काम माग्दा पनि पाइएन जिम्मेवारीविहीन नेताहरू भने पटक–पटक ध्यानाकर्षण गराउादा पनि अझैसम्म पार्टीले कुनै काम नदिएको बताउँछन् ।

‘मन्त्रीबाट हटेको तीन दिनपछि नै महासचिवलाई नै जिम्मेवारी दिनुस् भनेर काम मागो, तर उहााले दस्ताबेज पढ्दै गर्नुस्, पढ्न भ्याउनुभा छैन होला भन्नु भो,’ पोलिटब्युरो सदस्य लालबाबु पण्डितले भने, ‘त्यसपछि पनि तीनपटक ध्यानाकर्षण गराइसको, तर १० महिना बित्न लाग्दा पनि जिम्मेवारी पाइएको छैन ।’

उता, जिम्मेवारीविहीन नेतृ राधा ज्ञवालीले पार्टीले कुनै कामको जिम्मा नदिए पनि अनेमसंघको काममा खटिएको बताइन् । ‘के कामको जिम्मा लिने सोधिएको थियो, तर अहिलेसम्म जिम्मेवारी पाएको छैन, तर पनि अनेमसंघको काममा छु,’ उनले भनिन् । केन्द्रीय सदस्य हरि पराजुलीले भने पार्टीले किसान महासंघ हेर्नेगरी जिम्मेवारी दिने भनेकाले आफू नयाा जिम्मेवारीको पर्खाइमा रहेको बताए ।
-शुरोजंग पाण्डे, नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्