हेटौंडा, साउन २९ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान संशोधनमार्फत् संघीयताको सीमांकन टुंगो लगाउन सत्तारुढ दलहरुले नेकपा एमाले र राप्रपा नेपाललाई उपेक्षा गरी अघि बढ्न नसक्ने जिकिर गरेका छन् ।
राप्रपा नेपाल मकवानपुरले शनिबार हेटौंडामा गरेको अगुवा कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले २०७४ साल माघ ७ गतेभित्र स्थानीय, प्रदेश र संसदको चुनाव गर्न नसके देशमा संवैधानिक संकट आउने बताए ।
उनले चुनाव नभएमा राष्ट्रियता र प्रजातन्त्रमाथि नै खतरा पुग्ने भन्दै त्यसतर्फ सरकारलाई सहज हुन आग्रह गरे ।
अध्यक्ष थापाले चीनसँग गरिएको पारवहन सम्झौताबाट भारत चिन्तित हुनुपर्ने कुनै कारण नभएकोसमेत जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्