२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


साताभर नेप्से सुधारियो, कारोबार घट्यो


0
Shares

काठमाडौं, साउन २९ । यो साता शेयरबजार परिसूचक नेप्से सुधारियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १० अंकले सुधारिएर अन्तिम दिन १७ सय ७४ अंकमा पुग्यो । गत साता नेप्से ९४ अंकले झरेको थियोे ।

यो साता वाणिज्य बैंक, विकास बैंक, होटल, बीमा र उत्पादनमूलक समूहमा बृद्धि आयो । जलविद्युत्, वित्त र अन्य समूहमा गिरावट आयो भने व्यापार समूह स्थिर रह्यो ।

यो साता नेपाल स्टक एक्सचेन्जमा १ सय ५४ कम्पनीहरुको ६ अर्ब ५ करोड रुपैयाँ बराबरका एक करोड ७ लाख कित्ता सेयरहरु खरिद–बिक्री भए ।

गत साता १ सय ५२ कम्पनीहरुको सात अर्ब ७९ करोड रुपैयाँ बराबरका एक करोड ७२ लाख कित्ता सेयरहरु खरिद–बिक्री भएका थिए । कारोबार रकम गत साताको तुलनामा २२ प्रतिशतले कम हो ।

यो साता कारोबार रकमको आधारमा नेपाल बंगलादेश बैंक, कारोबार भएको सेयर संख्याको लक्ष्मी भ्याल्यु फन्ड १ र कारोबार संख्याको आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक अग्रस्थानमा रहे ।

कारोबार रकमकै आधारमा नेपाल बंगलादेश बैंकलाई नेपाल बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले क्रमशः पच्छ्याउन पुगे ।