२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खिम्ती-ढल्केवर विद्युत प्रशारण लाईन निर्माण कार्य अन्तिम चरणमा


0
Shares

सिन्धुली, साउन ३० । खिम्ती–ढल्केवर विद्युत प्रशारण लाईन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

उर्जा संकट अन्त गराउन सरकारले उच्च प्राथमिकता राखेर निमार्ण थालेको खिम्ती–ढल्केवर २२० केभी प्रसारण लाईन अन्तिम चरणमा पुगेको हो ।

नेपाल विद्युत प्राधीकरणले यस प्रशारण लाईन चाँडो सकाउन सरकारले सुरक्षा निकाय नै परिचालन गरेको छ । प्रशारण लाइन निर्माणको काम आगामी असोजसम्म सम्पन्न गर्ने गरी भइरहेको जनाइएको छ ।

सिन्धुली जिल्लामा पर्ने स्थानमा विद्युत टावर निर्माण र तार तान्ने काम भइरहेको आयोजनाले जनाएको छ ।

नेपालको विद्युत प्रशारण प्रणालीको क्षमता अभिवृद्वि गर्नकालागि १६ वर्षअघि रामेछाप र दोलखा जिल्लाको सीमामा पर्ने खिम्तीदेखि धनुषाको ढल्केबरसम्म २२० के भी क्षमताको प्रशारण लाईन निर्माण गर्न विश्व बैंकले ११ मिलियन डलर नेपाल सरकारलाई ऋण उपलब्ध गराएको थियो ।

दोलखा, रामेछाप र सिन्धुली हुँदै धनुषाको ढल्केबरसम्म ७५ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गर्न भारतको कल्पतरु पावर कम्पनी र नेपाल विद्युत प्राधीकरणबीच सन् २००६ मा ठेक्का सम्झौता भै काम भइरहेको हो ।

खिम्ती ढल्केवर प्रशारण लाईन बनेपछि मुलुकको उर्जा संकट कम गर्न तथा नेपाल र भारतबीच विद्युत किनबेच गर्न समेत सहज हुने छ ।