
काठमाडौं, साउन ३० । नेपाल विद्यार्थी संघको जारी महाधिवेशनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधरले भाग नलिने निर्णय गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले फर्जी मतदाता थपेको भन्दै मतदाता नामावली नसच्याएसम्म सो समूहले महाधिवेशनमा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेको हो ।
यद्यपी नेविसंघ निर्देशक समितिका संयोजक प्रकाशशरण महतले भने मतदाता नामावलीमा वर्तमान अध्यक्ष रञ्जीत कर्णको हस्ताक्षर रहेको भन्दै अन्यौलमा नपर्न पौडेल पक्षलाई आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्