Logo १३ आश्विन २०८३, मंगलबार | Tue Sep 29 2026


सगरमाथाबारेको गलत सूचना नेपाली दूतावासको पहलमा सच्याइयो


0
Shares

काठमाडौं, वैशाख ४ । ‘सगरमाथा चीनमा रहेको’ भनी इजरायलको मृत सागरमा रहेको होर्डिङबोर्डमा राखिएको गलत सूचनालाई इजरायलस्थित नेपाली राजदूतावासले सच्याउन लगाएको छ ।

विश्वको सबैभन्दा अग्लो भूभाग सगरमाथा रहेको देश नेपाल र विश्वको सबैभन्दा होचो भूभाग अर्थात समुद्री सतहभन्दा चार सय २० मिटर तल रहेको डेड सी (मृतसागर) भए पनि त्यहाँको होर्डिङ बोर्डमा सगरमाथा चीनमा रहेको उल्लेख गरेको देखेपछि राजदूतावासले सच्याउन लगाएको हो ।

मृतसागर जोर्डन र इजरायलका बीच प्यालेस्टाइन टेरिटरीमा अवस्थित छ । विश्वसामू नै फरक पहिचान बनाएको मृतसागर हेर्न इजरायलमा हरेक वर्ष कम्तीमा ४० लाख पर्यटक पुग्ने गर्दछन् । –नागरिक दैनिकबाट